काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगो लगाएकी छन्। जसअनुसार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङ नियुक्त हुने भएका छन्।
नयाँ मन्त्रीहरूको सपथग्रहण समारोह सोमबार हुने भएको छ।