३० भाद्र २०८२
अ+
अ-

काठमाडौँ। साफ यू–१७ च्याम्पियनसिप आजदेखि श्रीलंकामा सुरु हुँदैछ।

पहिलो दिन नेपालले घरेलु टोली श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै आफ्नो अभियान आरम्भ गर्नेछ। उद्घाटन खेल श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ मा रहेको छ। जसमा श्रीलंका र बङ्गलादेश पनि सामेल छन्। नेपालले दोस्रो खेल तीन दिनपछि बङ्गलादेशसँग खेल्नेछ।

यो प्रतियोगिता दुई समूहमा विभाजित छ, जहाँ प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन्।

नेपालले अहिलेसम्म यू–१७ स्तरको उपाधि जित्न सकेको छैन। तर सन् २०१३, २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो। पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग ४–२ ले पराजित भएको थियो। त्यही संस्करणमा भारतले बङ्गलादेशलाई २–० ले हराउँदै च्याम्पियन बनेको थियो।