काठमाडौं। आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १५ तारिख। सोह्र श्राद्धको नवमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। लागौं आजको राशिफलदेखि:
मेष: पुरानो समस्या सुल्झाउन सकिने छ। आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ। महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला। आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ।
बृष: बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ। अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ। बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ। शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्।
मिथुन: पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ। प्रशंसकहरू बढ्नेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।
कर्कट: प्रेम र मित्रताको गाँठो कसिएला। कामबाट पनि फुर्सद पाइने छ। प्रशंसकहरू बढ्नेछन्। आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन्। छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ।
सिंह: फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। आर्थिक अभाव देखा पर्न सक्छ। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। होसियारीसाथ काम लिनुपर्ने समय छ।
कन्या : लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। श्रमको उचित मूल्याङ्कन हुनेछ। सोचेभन्दा राम्रै लाभ हुनेछ।
तुला: आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ। कर्मचारी वा शासक वर्गबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन सकिंदैन।
वृश्चिक: नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। गरेको कामले प्रशंसा पाउने छ। दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ। सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ। बिग्रनै लागेको काम पनि बन्नसक्छ। रोकिएका काम समेत सम्पादन हुनेछन्।
धनु: नयाँ काममा हात हाल्दा राम्रो हुन्छ। व्यापारव्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ। नचिताएको मान्छेको सहयोग पाइने छ। मिहिनेत र परिश्रम खेर जाँदैन, प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ। अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ।
मकर: पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। कामका लागि अनुकूल समय छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
कुम्भ: व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ। मुद्दा–मामिलामा विजयी भइनेछ। सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ।
मीन: नयाँ सवारी साधन प्राप्तिको योग छ। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ। क्रियाशील रहनुहोला। व्यावसायिक यात्राको सम्भावना छ। मनग्ये आम्दानी हुनेछ। विभिन्न भौतिक साधन जुट्न सक्छन्। प्रेमी प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउने छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।