काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३१ भाद्र २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद् भवन तथा सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए।

भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरिन्।