काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१ आश्विन २०८२
Bangladesh's Tanzid Hasan plays a shot during the Asia Cup Cricket match between Bangladesh and Afghanistan at Zayed Cricket Stadium in Abu Dhabi, United Arab Emirates, Tuesday, Sept. 16, 2025. (AP Photo/Altaf Qadri)
अ+
अ-

काठमाडौं। एशिया कप अन्तर्गत समूह बीको खेलमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको छ।

गएराति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई आठ रनले पराजित गरेको हो । बङ्गलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरको अन्तिम बलमा १४६ रनमा अलआउट भयो ।

 बंगलादेशका लागि ओपनर तान्जिद हसनले ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको उत्कृष्ट पारी खेले। अर्का ओपनर सैफ हसनले २८ बलमा ३० रन जोड्दै टोलीलाई राम्रो सुरुवात दिलाए। त्यस्तै, कप्तान लिटन दास ९, तौहिद हृदय २६, शमिम हुसेन ११ तथा जाकेर अली र नुरुल हसनले अविजित १२-१२ रन बनाए।

अफगानिस्तानका लागि ओपनर ब्याटर हमानुल्लाह गुरबाजले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३१ बलमा समान दुई चौका र दुई छक्का प्रहार गरे। अर्का ओपनर सेदीगुल्ला अटल भने पहिलो बलमै आउट भएका थिए। अज्मतुल्ला ओमरजाईले ३० रन र कप्तान रसिद खानले २० रन जोडे ।

अब सुपर फोरमा पुग्नका लागि अफगानिस्तानलाई आफ्नो अन्तिम खेलमा श्रीलंकालाई हराउनुपर्नेछ । यदि श्रीलंकाले जित्यो भने बंगलादेश सुपर फोरमा प्रवेश गर्नेछ।