काठमाडौं। एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ। एएफसी फुटसल एसियन कप छनोटबाट नाम फिर्ता लिएपछि एएफसीको अनुशासन तथा आचारसंहिता समितिले उक्त जरिवाना तोकेको हो।
गत अगस्ट २१ बसेको एएफसीको बैठकले सेप्टेम्बर २० सम्ममा जरिवाना तिर्न भनेको छ। योसँगै अर्को संस्करणको एएफसी फुटसल एसियन कप छनोटमा भाग लिनबाट समेत वञ्चित गइएको छ।
पटसमेत छुटाएपछि एन्फाले इन्डोनेसिया सन् २०२६ मा हुने प्रतियोगिताको छनोटबाट नाम फिर्ता लिएको थियो। एएफसीका अनुसार नाम फिर्ता खेल सुरु हुनुभन्दा १०६ दिनअघि मात्र पाइन्छ।
फुटसल एसियन कपको छनोट २० सेप्टेम्बरदेखि सुरु हुँदैछ। छनोटमा ३१ देशले विभिन्न आठ समूहमा प्रतिस्पर्धा गर्दैछन्।