काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२ आश्विन २०८२
कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजि सचिवालयले विज्ञप्ति जारी गर्दै देउवा निवास बुढानिलकण्ठमा अत्याधिक पैसा भेटिएको भन्दै कुप्रचार भएको जनाएको छ।

बिहीबार देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गर्दै ‘देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको’ भन्ने कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको अन्डरग्राउन्ड ट्यांकीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याङकी रहेको स्पष्ट गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ।

साथै विज्ञप्तिमा देउवाको निजि सचिवालयले जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूव तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोमा पनि सत्यता नभएको बताएको छ।

‘यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न नेपाली बुबाआमा, दाजुभाई, दिदीबहिनी तथा पार्टीका सम्पूर्ण नेता एवं सदस्यहरू लगायत सम्वन्धित सबैसँग हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ।