काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको दुई लाख १६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।