काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले हराएको छ। 

गएराती सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । जवाफमा युएईले १७.४ ओभरमा केवल १०५ रन मात्र बनाउन सक्यो र अलआउट भयो ।

पाकिस्तानका फखर जमानले ५०, शाहीन अफ्रिदीले २९ रन बनाए । युएईका जुनैद सिद्दिकीले चार विकेट लिए भने राहुल चोप्राले ३५ रन बनाए । जितसँगै पाकिस्तानले सुपर ४ मा नै  स्थान पक्का गरेको छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको भारत शीर्ष स्थानमा छ ।

 यो समूहको अन्तिम खेलमा ओमानले भारतको सामना गर्नेछ । समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने समान अंक रहेको पाकिस्तान दोस्रो स्थानमा छ ।