काठमाडौँ। प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रधान कार्यालयले बुधबार राति असोज १ गतेबाट लागू हुने गरी एसपी सरुवा गरेको हो।
यो सरुवामा कतिपय जिल्ला प्रहरी प्रमुखहरू फेरिएका छन्। पर्साका एसपी गौतम मिश्रको सरुवा भएको छ। त्यहाँ सुदीपराज पाठकको सरुवा गरिएको छ।
मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाको सरुवा भएको छ। त्यहाँ एसपी कवित कट्वालको सरुवा भएको छ। बाँकेमा अपराध अनुसन्धान कार्यालयमा कार्यरत् अंगुर जिसीको सरुवा भएको छ।
केशवकुमार थेवे सुनसरी, गौतमकुमार केसी सप्तरी, दीपक गिरी राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सरुवा भएका छन्।





