काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। एसिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हराएको छ ।

श्रीलंकाले अफगानिस्तानलाई पराजित गर्दा अफगानिस्तानमा नै सुपर फोरको होडबाट बाहिरिएको छ। दुबईको जइद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो।

अफगानिस्तानले दिएको १७० रनको विजयी लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १७१ रन सहित लक्ष्य पुरा गरेको हो। 

श्रीलंकाका ओपनर कुशल मेन्डिस ५२ बलमा १० चौकासहित ७४ रनमा अविजित रहे । यस्तै कामिन्दु मेन्डिस १३ बलमा २ छक्कासहित २६ रनमा नट आउट रहे ।

त्यस्तै, अफगानिस्तानका मोहम्मद नाबीले २२ बलमा ३ चौका र ६ छक्कासहित ६० रन बनाए । इब्राहिम जद्रानले २७ बलमा १ छक्कासहित २४ रन बनाए । राशिद खान २३ बलमा २ चौका र १ छक्कासहित नुवान थुशराको बलमा बोल्ड आउट भए ।