काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

साताको शट

४ आश्विन २०८२
अ+
अ-

१९६० सालमा बनेको सिंहदरबार २०३० सालमा ठूलो आगलागीमा पर्‍यो। त्यसपछि पुनर्निर्माण भएर सजिएको सिंहदरबार २०७२ को भुइँचालोको मारमा पर्‍यो।

पछिल्लो जेन–जी आन्दोलनमा फेरि जलेको यो ऐतिहासिक भवन पटक पटक ध्वस्त हुँदै, पुन सिँगारिँदै आएको छ। जल्नु, भत्कनु र फेरि आकर्षक रूपमा ब्युँतिनु सिंहदरबारको नियति बनेको छ।

तस्बिरमा जलेको र बन्दै गरेको चित्र एकसाथ देख्न सकिन्छ। अहिले आन्दोलनपछिको धुलो र खरानी मेट्दै सिंहदरबारभित्रको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेतो रंग लगाउने काम सुरु भएको छ। यस्तो लाग्छ, सिंहदरबार फेरि बाँच्नेछ।