काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरिन् ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएको भेटमा सहभागी परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।