काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिने भएको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र साहले एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण सोमबारदेखि सुरु गर्ने जानकारी दिएका छन्।
उनका अनुसार पहिलो चरणमा देशभरका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिनेछ। महानगरले एम्बुलेन्स वितरणका लागि मापदण्ड बनाएर स्वास्थ्य क्षेत्रमा पिछडिएका तथा दुर्गम स्थानलाई प्राथमिकतामा राखेको छ।
महानगरपालिका प्रमुख साहले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्– ‘कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।’