काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि सांघातिक हमला भएको अवस्थामा नेतृत्व परिवर्तनको बहस गर्नु गम्भीर गल्ती भएको टिप्पणी गरेका छन्।
आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन गर्दै महतले भने, ‘घाउ निको नभएको बेला नेतृत्व परिवर्तनको बहस गर्नु असंवेदनशील काम हो। सभापति देउवामाथि यस्तो त्रासदीपूर्ण आक्रमण भएको छ।’
महतले पार्टीभित्र चलिरहेको आन्तरिक बहसप्रति असन्तुष्टि व्यक्त गर्दै एकताको महत्व औँल्याए। उनले भनिन्, ‘अहिले कांग्रेसले आन्तरिक विवादमा होइन, एकतामा जोड दिनुपर्छ। नयाँ परिस्थितिमा तत्काल नेतृत्व फेर्नु उचित होइन।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै केही नेताहरूले नेतृत्व परिवर्तनको माग गरेका छन्। तर महतले स्पष्ट पारे कि कांग्रेसले यस समयमा एक भएर अघि बढ्नुपर्ने देखिरहेको छ।