काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेकपा माओवादी केन्द्रमा मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार भएको पदाधिकारी बैठकमा मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति लैजाने निर्णय गरेको हो ।

प्रस्तावमाथि छलफल गर्नका लागि ८ असोजमा स्थायी कमिटी र ९ असोजमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

“महाधिवेशनमा जाने कुरा पहिलेदेखि गर्दै आएका हौै । नयाँ परिस्थितिमा पार्टीको आधिकारिक, औपचारिक धारणा बनाउनु पर्ने भएकाले महाधिवेशन गर्न लागेका हौं,” प्रवक्ता अग्नीप्रसाद सापकोटा भन्छन् । बैठकमा नेतृत्व हस्तान्तरणको विषयमा पनि प्रारम्भीक छलफल भएको सापकोटाले बताए ।

त्यसैगरी बैठकले सरकारले घोषित मितिमा निर्वाचन गर्नुपर्ने र त्यसका लागि सहयोग गर्नुपर्ने बताएका छन् । त्यसैगरी सरकारले सुरक्षा निकायलाई समयमै पहिचालन गर्न नसकेको कारण क्षति भएको निष्कर्ष पनि बैठकले निकालेको प्रवक्ता सापकोटाले बताए ।