काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

५ आश्विन २०८२
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल। फाइल तस्बिर
अ+
अ-

काठमाडौं। राष्ट्रियसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बसेको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष विमला घिमिरे, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

बैठकमा समसामयिक अवस्थामा राष्ट्रियसभाको भूमिका विषयमा छलफल भएको थियो । बैठकमा अध्यक्ष दाहालले १८औँ अधिवेशन समापनका सन्दर्भमा नियमित बैठक बस्न नसकेकाले उक्त अधिवेशनमा भएका कामकारबाही सार्वजनिक गर्न निर्देशन दिए ।

यस्तै, गत जेठ ११ र १२ गते सातवटै प्रदेशमा सम्पन्न ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयक निर्वाचक मण्डलहरूसँगको समन्वय बैठक÷अन्तरक्रिया कार्यक्रमको एकीकृत प्रतिवेदन आवश्यक परिमार्जनसहित टुङ्ग्याएर सार्वजनिक गर्ने निर्णय भएको छ ।