काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

६ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपालले साफ यू–१७ च्याम्पियनसिपको फाइनल प्रवेश गर्न साबिक विजेता भारतको सामना गर्ने भएको छ। कोलम्बो रेसकोर्समा सोमबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई ३–२ ले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी पाएको हो।

अपराजित रहेको भारत ९ अंकसहित आफ्नो समूहको विजेता बन्यो। भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले हराएको थियो। नेपाल भने समूह ‘ए’को उपविजेता हो। नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको थियो।

तर, दोस्रो खेलमा भने साबिक उपविजेता बाङ्लादेशसँग ४–० ले पराजित हुन पुग्यो। अन्तिम खेलमा बाङ्लादेशले श्रीलंकालाई ४–० ले हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। अब नेपाल र भारत बिहीबार भिड्नेछन्।

सोही दिन पहिलो खेलमा समूह ‘ए’को विजेता बाङ्लादेशलाई समूह ‘बी’ को उपविजेता पाकिस्तानले चुनौती प्रस्तुत गर्नेछ।