काठमाडौं। एसिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज पाकिस्तान र श्रीलङ्का आमनेसामने हुनेछन्।
खेल नेपाली समयअनुसार राति सवा ८:१५ बजे दुबईमा सुरु हुनेछ। समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सुपर–४ मा प्रवेश गरेका थिए।
श्रीलंका र पाकिस्तानले पछिल्लो केही वर्षयता एकअर्काविरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न नपाएको हुँदा आजको भिडन्त रोचक हुने अपेक्षा गरिएको छ।