काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

७ आश्विन २०८२
अ+
अ-

काठमाडौ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु गरेको छ। परीक्षा आज र भोलि सञ्चालन हुनेछ।

पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी (००४१) विषयमा परीक्षा दिनेछन्। एक विषयका लागि आवेदन दिने विद्यार्थीहरू सबै विषयमा अनिवार्य अंग्रेजीको परीक्षा दिनेछन् भने दुई विषयका लागि आवेदन दिने विद्यार्थीहरूले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्नेछ।

असोज ८ गते दुई विषय रोजेका विद्यार्थीहरूले ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ।

यसअघि परीक्षा भदौ २८ र २९ मा गर्ने तयारी भए पनि जेन–जी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थितिका कारण परीक्षा स्थगित गरिएको थियो।