काठमाडौं। मुग्लिन–नारायणघाट सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै राति खसेको पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका -१० जवाङ खोलामा गएराति ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको हाे। पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन्। काठमाडौं भित्रिने र बाहिरिने मुख्य मार्गमा रोकावट हुँदा यात्रुहरू असुविधामा परेका छन्।