काठमाडौं। तुइनखोलामा ठूलो पहिरो गएपछि मुग्लिन(नारायणगढ सडकखण्ड मंगलबार साँझबाट बन्द भएको छ।
चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार पहिरोले दुबैतर्फको आवागमन ठप्प भएको हो।
“गाडीहरू जताबाट आएका थिए, उतै फर्काउन थालेका छौं,” पुरीले भने, “दुई दिनसम्म पहिरो पन्छाउन समय लाग्ने देखिन्छ।”
उनका अनुसार काठमाडौंबाट छुटेका गाडी फर्काउन थालिएको छ। यस्तै, काठमाडौंतर्फ जान लागेका सवारी पनि फर्काइएको छ।
चितवन प्रशासनले मंलबार एक सूचना जारी गर्दै तत्काल सडक खुल्न नसक्ने जानकारी दिएको छ। दसैंमा घर हिँडेका यात्रुहरू बीच बाटोमै समस्यामा पर्ने देखिएकाले प्रशासनले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, “महोत्तरी बर्दिवास, हेटौंडा, बुटवल, नवलपरास बर्दघाट सुस्तापूर्वको कावासोची, गैंडाकोट, धादिङ नौबिसे तथा तनहसँ खैरेनिटारबाट उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ,” अर्यालले भने।
यात्रापूर्व सडकको अवस्था बुझेर यकिन गरेर मात्रै हिँड्न प्रशासनले अनुरोध गरेको छ।