७ आश्विन २०८२
अ+
अ-

काठमाडौं। महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेका २६ वर्षीय युवराज क्यापछाकी रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार पक्राउ गरेको हो।

“महाराजगञ्ज वृत्तका प्रहरी मारिएको घटनामा क्यापछाकीलाई पक्राउ गरिएको छ,” परिसर प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भने। क्यापछाकीलाई कहाँबाट पक्राउ गरिएको भन्ने प्रहरीले खुलाएको छैन।

२४ भदौमा जेन-जी आन्दोलनका क्रममा वृत्तका प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापाको मृत्यु भएको थियो। आन्दोलनकारीले उनीहरूलाई कुटपिट गरी हत्या गरेका थिए।