काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

७ आश्विन २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। सरकारले तीन जना सचिवको सरुवा गरेको छ।

गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। दुवाडीको स्थानमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई ल्याइएको छ।

यस्तै, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।