काठमाडौँ। नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । यसका लागि वर्तमान मुख्यमन्त्री सतिश सिंहलाई दिएको समर्थन पार्टीले फिर्ता लिएको हाे ।
मधेश प्रदेश पार्टी संसदीय दलका नेता कृष्ण प्रसाद यादवले आजै समर्थन फिर्ता लिइएको जानकारी दिए। उनले अब कसरी अघी बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए।
“अहिले हामी छलफलमै छौँ । सरकारलाइ दिएको समर्थन फिर्ता लिएर सत्ताबाट बाहिरिएका छौँ‚” उनले भने।