काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा गएको ठूलो पहिरो पन्छाउने कार्य सुरु गरिएको छ।

मंगलबार दिउँसो करिब ५ बजेतिर खसेको पहिरोका कारण बुधबार बिहानैदेखि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले सो मार्ग प्रयोग गर्ने सबै यात्रु र सवारी चालकलाई वैकल्पिक मार्ग रोज्न प्रहरीको आग्रह छ।

यी हुन वैकल्पिक रुट

१. चितवन
चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु झर्ने (साना गाडी मात्र जान मिल्ने)

२. धादिङ
त्रिभुवन राजपथ धादिङको नौबिसेबाट मकवानपुर हेटौंडा

३. मकवानपुर
हेटौंडाबाट भैंसे, भिमफेदी, कुलेखानी, सिन्धेरी, दक्षिणकालिकीको बाटो (हायस, कार, स्कारपियो र सुमोरम्मको गाडी पठाउन र आउन मिल्ने)

४. मकवानपुर
काठमाडौंतर्फ जाने ठूला सवारी साधनका लागि मात्र (काल्तिलिकपथ– हेटौंडा, ठिंगन हुँदै भैंसे हेटौंडा ललितपुरको सातदोबाटो हुँदै उपत्यकामा भित्रिने मात्र)

५. चितवन
पोखरा जानका लागि ठूला साना दुबै सवारी साधनको बुद्धवल हुँदै पोखरा जान मिल्ने

६. चितवन
कालिगण्डकी कोरिडोरको बाटो हुँदै सानो गाडी गैँडाकोटबाट भित्र छिरेर पाल्पा, रामपुर भिमाद हुँदै तनहुँ जान मिल्ने