काठमाडौं। नख्खु कारागारबाट भागेका कैदी केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ। बाँके खजुरा गाउँपालिका(६ स्थायी घर भई सुकेधारा बस्ने ५० वर्षीय शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।
ब्युरोका सूचना अधिकारी धर्मराज भण्डारीले शर्मालाई ललितपुर(२ सानेपाबाट बुधबार पक्राउ गरिएको बताए।
शिव शिखर बहुउदेश्यीय सहकारी संस्था भक्तपुरका सञ्चालक शर्मा जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागारबाट भागेका थिए।
उनलाई बुधबार नै नख्खु कारागार चलान गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि नख्खु कारागारका सबै कैदी भागेका थिए।