काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले मंसिरमा नियमित महाधिवेशन गर्न नसके बिशेष महाधिवेशनमा जानुपर्ने बताएका छन्।

बुधबार सुनसरीमा आगजनीमा परेको पार्टी कार्यालयको अवलोकन गर्ने उनले सो कुरा बताएका हुन्। उनले भने,`पार्टीको १५ औं महाधिवेशन मंसिर मसान्तभित्र गर्न सकिन्छ र सक्नुपर्छ, नसकिए एकमात्र विकल्प बिशेष महाधिवेशन´ हो l

महामन्त्री शर्माले बिधानको १७(२) बमोजिम केन्द्रीय समितिले चाहेमा महाधिवेशन बोलाउन सकिने प्रक्रियामा अर्का महामन्त्री गगन थापा र आफू लागेको पनि बताए।

‘तर केन्द्रीय समितिले त्यो निर्णय नगर्ला कि भनेर ४० % हस्ताक्षर जुटाउन तर्फ महाधिवेशन प्रतिनिधिहरु लाग्नुहुन्छ भने त्यसलाई कसैले पनि नकारात्मक रुपमा लिन मिल्दैन l माथिको निर्णयले होस् या तलको दबाबले अब नयाँ नेतृत्वमा हामी पुग्नैपर्छ,’ शर्माले भने ।

जेनजी विद्रोहले अन्तरिम सरकार गठन र मध्यावधि निर्वाचनको मिति समेत तोकेपश्चात् कांग्रेस भित्र नेतृत्व परिवर्तनको बहस तिब्र बनेको छ।