काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ आश्विन २०८२
तस्बिरहरू : विनोद श्रेष्ठ
अ+
अ-

चितवन। मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइन खोलामा ७ असोज दिउँसो ३ बजेबाट गएको पहिरोले सडक अवरुद्ध भएको छ। करिब डेढ सय मिटर सडक क्षेत्रमा करिब २० मिटर अग्लो पहिरोले यातायात ठप्प बनाएको छ।

मुग्लिङका स्थानीय पत्रकार विनोद श्रेष्ठका अनुसार पहिरोका कारण तुइन खोलाबाट मुग्लिङपट्टि झन्डै १३ किलोमिटर लामो सवारी जाम भएको छ। श्रेष्ठ भन्छन्, “तुइन खोलामा एक महिनाअघिदेखि पहिरो खसिरहेको थियो, तर सवारी अवरुद्ध भएको थिएन। पछिल्लो पहिरोले भने सडक अस्तव्यस्त मात्र भएको छैन, यात्रुलाई निकै सास्ती पनि भएको छ।”

उनका अनुसार पृथ्वी राजमार्गमा पनि धादिङको जवाङ खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ।

हेर्नुहोस् तस्बिर :