काठमाडौँ। भारतले टी-२० एसिया कपको ‘सुपर फो’ मा बाङ्लादेशलाई ४१ रनले हराएको छ। सुपर फो अन्तर्गतको दोस्रो खेलमा विजयी हुँदै भारत फाइनलमा प्रवेश गरेको हो।
भारतले दिएको १६९ रनको लक्ष्य पछ्याउँदै बाङ्लादेश १९ ओभर ३ बलमा १२७ रनमै अलआउट भयो।
भारतका लागि ओपनर अभिषेक शर्माले उत्कृष्ट अर्धशतक प्रहार गरे। उनले मात्र ३७ बलमा पाँच छक्का र ६ चौकाको मद्दतले ७५ रन जोडे। हार्दिक पाण्ड्याले ३८ रन थपे भने शुभमन गिलले २१ रनको योगदान दिए। अन्य ब्याट्सम्यान भने ठूलो योगदान दिन असफल रहे।
जवाफमा बाङ्लादेश १९.३ ओभरसम्म टिक्न सक्यो र १२७ रनमा सबै विकेट गुमायो। ओपनर सइफ हसनले ६९ रन बनाए पनि अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। भारतका कुलदीप यादव सर्वाधिक सफल बलर बने, उनले १८ रन खर्चेर तीन विकेट लिए।
यसअघि सुपर फोर भारतले पाकिस्तानलाई र बाङ्लादेशले श्रीलंकालाई पराजित गरेका थिए।
प्रतियोगितामा आज पाकिस्तान र बाङ्लादेश आमनेसामने हुँदैछन्। खेल बेलुकी सवा आठ बजे दुबई रंगशालामा हुनेछ। भारतले अन्तिम खेल भोलि श्रीलंकासँग खेल्नेछ भने श्रीलंका फाइनलको दौडबाट बाहिरिइसकेको छ।