काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको दमन, तोडफोड र आगजनी घटनाको छानबिन गर्न गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आजबाट काम सुरु गरेको छ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। आयोगका पदाधिकारीहरूले बुधबार प्रधानन्यायाधीशसमक्ष सपथ लिएपछि आयोगले औपचारिक रूपमा कार्य प्रारम्भ गरेको हो।
सरकारले गत भदौ २३ र २४ मा भएका घटनाको छानबिन गर्न असोज ५ मा आयोग गठन गरेको थियो। आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो। आयोगले तीन महिनाभित्र प्रतिवेदन बुझाउने छ।