काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

९ आश्विन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। धादिङको बेनीघाट गाउँपालिका–१०, जवाङखोला र घोप्टेभीरमा खसेको पहिरो पन्छाएर मुग्लिङ-नागढुङ्गा सडक सञ्चालनमा आएको छ।

धादिङको बेनीघाट गाउँपालिका–१०, जवाङखोला र घोप्टेभीरमा खसेको पहिरो राति ३ बजेतिर हटाइएपछि सडकमा दुवैतर्फको यातायात सुचारु भएको हो।

सडक योजना कार्यालयले दिएको जानकारीअनुसार मंगलबार मात्र खुलाइएको सडक बुधबार बेलुकी पुनः पहिरो खसेपछि ठप्प भएको थियो।

त्यस्तै, मुग्लिङ–नारायणगढ सडकखण्ड भने अझै अवरुद्ध छ। तुइन खोलानजिकको ठूलो पहिरो हटाउन कार्य भइरहे पनि पूर्णरूपमा सञ्चालनमा आउन समय लाग्ने अधिकारीले बताएका छन्।