चितवन। लगातारको पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक अन्ततः सञ्चालनमा आउने भएको छ।
विगत केही दिनदेखि सडकमा खसेका पहिरो हटाउने कार्य पूरा भएपछि यातायात सुचारु गर्न तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सडक बन्द हुँदा लामो दूरीका बस, ट्रक र मालवाहक सवारी बीचमै अलपत्र परेका थिए। केही सवारी भने वैकल्पिक मार्ग हुँदै सञ्चालनमा आएका थिए। अब बाटो खुल्नासाथ रोकिएका सवारीले सहजै आवागमन गर्ने जनाइएको छ।