९ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले बिहीबार साबिक विजेता भारतसँग खेल्दैछ।

दोस्रो सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा भारतकाे अपराजित यात्रा कायम छ। त्यही अपराजित यात्रा कायम राख्ने लक्ष्य सहित भारत आज मैदानमा उत्रिने छ। नेपाल भारतलाई जित्ने दाउसहित मैदानमा आउनेछ।