काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ आश्विन २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो।

आयोगले दिएको जानकारी अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी नामावली संकलन र अद्यावधिक गरिने भएको हो।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ। निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था रहे पनि बुधबार सरकारले अध्यादेशमार्फत उक्त व्यवस्था परिमार्जन गरेसँगै मतदाता नामावली संकलन र अद्यावधिक गरिने भएको हो।