काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल असोज ९ गते बिहीबार। आश्विन शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २५ तारिख। नवरात्रको चौथो दिन। कुष्माण्डा देवीको पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

मेष: छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ। व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ। प्रगतिको समाचार सुन्न पाइन्छ। बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ।

बृष: धनागमको सङ्केत छ। धैर्यले काम लिने समय छ। मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ। महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन्। शरीर फूर्तिलो भएको महसुस हुनेछ। परिणाममुखी काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ।

मिथुन: नयाँ काम सुरु गर्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ। व्यापारमा मनग्ये धनलाभ हुनेछ परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

कर्कट: आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढाइमा प्रगति हुनेछ। स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ। नयाँ काममा हात हाल्ने समय छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।

सिंह: कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

कन्या: परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ। सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन। दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। जिम्मेबारी वहन गर्नु पर्नेछ। उत्साहपूर्वक काम गर्नुहोला। धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन।

तुला: मनमा उत्साह र उमङ्गको कमी देखिने छ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला। अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन। राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ। घरपरिवारमा सामान्य छ। मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ।

वृश्चिक: पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ। नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन्। जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

धनु: परिवारजनको साथले नयाँ आशा पलाउनेछ। विगतको श्रमबाट राम्रै लाभ हुनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

मकर: गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ। कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ। सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ। अतिथिका रूपमा सम्मान पाइने छ। सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ।

कुम्भ: ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ। आज काममा ढिलासुस्ती देखिन सक्छ। तर आम रूपमा बेफाइदा हुँदैन। घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन। घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ।

मीन: अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ। कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु राम्रो हुनेछ। आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्। स्वास्थ्य सबल रहने छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।