काठमाडौं। ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले सानदार पुनरागमन जित निकालेको छ।
बिहीबार राति भएको खेलमा ओभिएडोमाथि ३–१ को जित निकालेको हो।
खेलको ३३ औं मिनेटमा ओभिएदोका अल्बर्टो रेइनाले गोल गर्दै १–० को अग्रता दिलाएका थिए।
खेलको ५६ औँ मिनेटमा बार्सिलोनाका एरिक गार्सियाले बराबरी गोल गरे। ७० औं मिनेटमा रोबर्ड लेवान्डोव्स्कीले अर्को गोल गर्दै २-१ को अग्रता बनाए । खेलको ८८ औं मिनेटमा थप गोल गर्दै रोनाल्ड अराउजोले ३-१ जित पक्का गरेका हुन्।
यो जितपछि बार्सिलोनाको छ खेलबाट १६ अंक भएको छ र दोस्रो स्थानमा छ । रियल म्याड्रिड समान खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ ।