भक्तपुर। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विषम परिस्थितिमा छोडेर कहीँ नभाग्ने स्पष्ट पारेका छन्।
शनिबार भक्तपुरको गुण्डुमा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालद्वारा बडादसैँको अवसरमा आयोजना गरिएको खुला भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।
सरकारले पासपोर्ट रोक्का गर्ने चर्चा बारे टिप्पणी गर्दै ओलीले भने, “हाम्रो पासपोर्ट रोक्का गर्ने कुरा आयो, के लाग्छ हामी यी हा-हु गर्नेहरूलाई देश छाडेर कहीँ भाग्छौँ होला ?” उनले थपे कि कठिनाइ आए पनि आफ्नो देश सम्हाल्ने र जिम्मेवारी पूरा गर्ने आशयमा छन्।
कार्यक्रममा ओलीसँगै पार्टीका स्थानीय नेता तथा कार्यकर्ता उपस्थित थिए।