काठमाडौँ। थाइल्याण्डमा आयोजना हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार नेपालको अन्तिम टोली सार्वजनिक गरेको हो। प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार २३ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा गत महिना भुटानको थिम्पुमा सम्पन साफ यु-१७ महिला च्याम्पियनसिप खेलेका तीन खेलाडी परिवर्तन भएका छन्।
नेपाली टिम: झरना डुम्राकोटी, लक्ष्मी ओली, भुपिका शाही, दिक्ष्या रायमाझी, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मो लो, सम्झना चन्द, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, रबिना बिक, कृतिशा तामाङ, अशिका कार्की, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल, अस्मिता मगर, पूजा गिरी, यम कुमारी बिक र अनिता राना मगर ।