बैतडी। बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
धनगढीबाट पुर्चौडीहाट जाँदै गरेको सु प प्र ०२ ००१ ज ६२० नम्बरको भ्यान दिउँसो ३ बजे दुर्घटनामा परेको हो। जिपमा चालकसहित १९ जना सवार रहेकोमा ८ सकुशल रहेका छन् भने १० जना घाइते भएकाभएका छन्।
घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन् । यसैगरी पुर्चौंडी नगरपालिका–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी–३ की २२ वर्षीया सावित्री धामी पनि घाइते भएका छन्।
गाडीमा चालकसहित १८ जना सवार थिए । इभी सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालले बताएको छ ।