काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

१२ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगका कार्यालय दसैँ, दीपावली तथा छठ पर्वका बिदाका दिनमा पनि खुला रहने भएका छन्।

आयोगका अनुसार सार्वजनिक बिदा भएका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उजुरी दर्ता गर्ने र आकस्मिक घटनामा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। यसका लागि ललितपुरको हरिहर भवनस्थित केन्द्रीय कार्यालयसहित सबै प्रदेश र शाखा कार्यालय खुला रहनेछन्।

मानव अधिकार उल्लंघनका घटनाहरू भएमा सर्वसाधारणलाई नजिकको आयोग कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

साथै आयोगले विज्ञप्तिमार्फत सार्वजनिक बिदा तथा चाडपर्वको समयमा आवतजावतमा कठिनाइ, अपराध वृद्धि, महँगी र कालोबजारीको सम्भावना, साथै सार्वजनिक सेवाहरूमा अवरोध आउन सक्ने भएकाले सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।