काठमाडौं। एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् ।
युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार भारत र पाकिस्तानले उपाधिका लागि आज बेलुका ८:१५ बजे प्रतिस्पर्धा गर्न लागेका हुन्।
सुपर फोरको अन्तिम खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो। भारत सुपर फोरको अन्तिम खेलमा श्रीलंकासँग सुपर ओभरमा विजयी हुँदै फाइनल पुगेको हो।
भारत र पाकिस्तान एसिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्न लागेका हुन् । एसिया कपमा यसअघि भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कपको उपाधि जितेको छ ।