काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाल प्रहरीले सामान खरिदका लागि गरेको टेन्डर विवादित भएपछि रद्द गरेको छ।

१२ असोजमा सूचना प्रकाशन गरेर नेपाल प्रहरीले टेन्डर रद्द गरेको बताएको हो।

प्रहरी प्रधान कार्यालयले चुस्ता ड्रेस, बुट, पार्का ज्याकेट, म्याट्रेस, ट्र्याक सुट, स्वेटर, स्लिपिङ ब्याग लगायत २५ थरि सामान खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।

पुरानै आपूर्तिकर्ता कम्पनीले ठेक्का पाउने गरी स्पेसिफिकेसन बनाएर टेन्डर आह्वान गरेको पाइएपछि रद्द गरिएको हो।

कार्यालयको छानबिनले अन्य कम्पनीलाई प्रतिस्पर्धा गर्नबाट रोक्ने गरी टेन्डर आह्वान गरिएको देखाएको थियो।