१२ आश्विन २०८२
अ+
अ-

काठमाडौं। एसीसी एसिया कप–२०२५ को फाइनलमा पाकिस्तानले भारतलाई १४७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा आएको पाकिस्तान १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमै समेटियो।

पाकिस्तानका लागि ओपनर ब्याटर साहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि फखर जमानसँग ८४ रनको साझेदारी गरेका थिए। फखरले ३५ बलमा ४६ रन बनाए। यसबाहेक, सैम अयुबले १४ रन थपे । यसबाहेक, पाकिस्तानका अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ भारतका कुलदीप यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। जसप्रीत बुमराह, अक्षर पटेल र वरुण चक्रवर्तीले समान २–२ विकेट हात पारे।