काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ आश्विन २०८२
भूषण राणा र उनकी दिदी आरजू राणा। तस्बिर- फेसबुकबाट।
अ+
अ-

काठमाडौं। कांग्रेस नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ।

अपराध अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको एक टोलीले जावलाखेलस्थित राणाको घरमा आज छापा मारेको प्रहरी स्रोतले नेपालन्युजलाई जानकारी दिएको छ।

राणा पूर्वप्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवाका साला हुन्।

प्रहरीले राणाको निवासबाट सामानहरू बरामद गरेको छ तर, प्रहरीले के के सामान लिएको भन्ने विस्तृत विवरण खुलेको छैन।

उनलाई दिदी आरजु राणालाई देखाएर विभिन्न नियुक्ति तथा सरुवा बढुवा र सरकारी टेण्डरहरुमा चलखेल गर्दै आएको आरोप लाग्ने गरेको छ।