१२ आश्विन २०८२
अ+
अ-

काठमाडौँ।  आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन सुनको मूल्य प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा ७० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तोलामा २ हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य २ हजार ७४० रुपैयाँ रहेको थियो।