नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलको राहदानी रोक्का गर्ने निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
भक्तपुरको गुण्डुस्थित ओली निवास भएको सचिवालय बैठकले मिडिया ट्रायल गरेर अध्यक्षको राहदानी रोकिएको भन्दै आपत्ति जनाएको छ।
“भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस अघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भिर प्रश्न खडा गरेको छ,” एमालेले जारी गरेको विज्ञप्तीमा भनिएको छ।