काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ आश्विन २०८२
अ+
अ-

काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बोलेरो पिकअप दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीकाअनुसार, दुर्घटनामा पिकअपको चालकसहित १३ जना घाइते भएका छन्।

सुनकोसी गाउँपालिका–६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खसेको हो। पिकअपमा १९ जना यात्रु सवार थिए।

दुर्घटनामा घाइते भएका यात्रुको विवरण

१. सिन्धुली गोलन्जोर गाउँपालिका ४ बस्ने वर्ष २३ को प्रेम मगरको टाँउकोमा चोट (अवस्था गम्भीर)

२. वर्ष २० को रोजिना थापा मगर (अवस्था मध्यम)

३. वर्ष १७ को भोज बहादुर थापा मगर (अवस्था मध्यम)

४. वर्ष ३५ को तारा बहादुर खुलाल (अवस्था मध्यम)

५. वर्ष ११ को सुसन मगर (अवस्था मध्यम)

६. केदार थापा मगर (अवस्था मध्यम)

७. वर्ष २० मालती खुलाल (अवस्था सामान्य)

८. वर्ष २२ को ज्ञानेन्द्र मगर (अवस्था सामान्य)

९. वर्ष २२ को जम्पा खुलाल मगर (अवस्था सामान्य)

१०. वर्ष ८ को नितेश मगर (अवस्था सामान्य)

११. वर्ष २२ को रोश्मी मगर (अवस्था सामान्य)

१२. वर्ष २५ को ओम आले मगर (अवस्था सामान्य)

१३. वर्ष २६ को ओम बहादुर राना (चालक, अवस्था सामान्य)