काठमाडौँ। आर्सनलले प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ।
गएराति भएको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई २–१ गोलले हराएको हो । एक गोलले पछि परेको आर्सनलले पुनरागमन जित निकालेको हो ।
खेलको ३४ औं मिनेटमा निक वोल्टमेडले गोल गर्दै घरेलु टोलि न्युक्यासललाई सुरुवाती अग्रता दिलाए । ८४ औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए ।त्यसपछि ९६औं मिनेटमा आर्सनलले गोल गर्दै खेलमा कमब्याक जित हासिल गरेको थियो ।
जितसँगै आर्सनल ६ खेलबाट १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । न्युक्यासल ६ अंकका साथ तालिकाको १५ औं स्थानमा छ ।