काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दसैँ चटारो

१३ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। हिन्दु नेपालीहरूको ठूलो चाड दसैँको आज सातौँ दिन अर्थात् सप्तमी। आज घर घरमा फूलपाती भित्र्याइन्छ। दसैँको सातौँ दिनलाई फूलपाती भनेर पनि चिनिन्छ।

आइतबारसम्म सरकारी कार्यलयहरू खुलेका कारण कतिपय मानिसहरू आज घर जान निस्किएका छन्। व्यवसाय र रोजगारीमा रहेकाहरू घर पुग्ने उत्साह र हतारमा देखिन्छन्।

१० दिनसम्म धुमधामरूपमा मनाइने दसैँमा घर बाहिर भएका आफन्तहरू घर फर्किन्छन्। परिवार–आफन्त जम्मा भएर दशमीको दिन टीकाजमरा लगाएर आशीर्वाद लिने र दिने गर्छन्।

विजयादशमीको दिन नजिकिएकोले घर फर्केनेहरूको भिडभाड देखिन थालेको छ। कोटेश्वरबाट पूर्व हुँदै काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा हुँदै सोलुखुम्बुसम्म पुग्ने यात्रुहरू उत्तिकै उत्साह र हतारमा देखिए।

दसैँ मनाउन गाउँ फर्किइरहेकाहरूको त्यही उत्साहलाई फोटो पत्रकार बिक्रम राईले फोटो फिचरमा समेटेका छन्।